logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

भारतीयलाई नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष १२ हजार धरौटीमा रिहा


  • राजनीति
  • बिहिबार, मंसिर २० २०७५

विराटनगर– जिल्ला अदालत मोरङले विराटनगरका महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्षलाई धरौटीमा छाड्न आदेश दिएको छ । गैर नागरिकलाई नागरिकताको सिफारिस गरेको आरोपमा मुछिएका वडा अध्यक्ष उद्धव अर्याललाई १२ हजार धरौटी माग गरिएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलाशले अर्याललाई १२ हजार धरौटीमा छाड्न आदेश दिएको हो । झुठो विवरण दिएको आरोपमा अर्यालसहित वडा सदस्य रमेश साह र वडा सचिव पुष्पा तिम्सिनालगायत १६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।

नक्कली बाबु बनी भारतीयलाई नागरिकता बनाइ दिने बिराटनगर १ घरभई हाल कटहरी गाउँपालिका बस्दै आएका सतयनारायण मण्डल भन्ने पुर्पक्षको लागि यस अघि नै जेल गइसकेका छन् । प्रहरीको खोजीमा रहेका वडा अध्यक्ष अर्याल सुटुक्क आफू निकटका कानून व्यवसायीलाई लिएर अदालतमा उपस्थित भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार