logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

शनिबार र आइतबार सार्वजनिक विदा दिने मन्त्रीपरिषद्को निर्णय (सूचीसहित)


  • राजनीति
  • आइतबार, चैत्र २२ २०८२

काठमाडौं । सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले २३ चैत्र (भोली) बाट लागू हुने गरी हप्ताको २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थमा उत्पन्न असहजताका कारण उक्त निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका सरकार प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । साथै शैक्षिक संस्था बाहेकका कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।

त्यस्तै मन्त्रीपरिषद् बैठकले एसियाली विकास बैंक र विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन डलर बराबरको सहुलियत पूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।

हेर्नुहोस् यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरुः

डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमश: एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन, सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने ।

पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण ०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने ।

शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने ।

डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने ।

आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार