राजनीति
काठमाडौं । सरकारको महान्यायाधीवक्तामा डा. नारायण कँडेल नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कँडेललाई महान्यायाधीवक्तामा नियुक्त गरेको हो ।
महान्यायाधीवक्ता सविता बराल भण्डारीले राजीनामा दिएपछि रिक्त पदमा कँडेललाई नियुक्त गरिएको हो । महान्यायाधीवक्ता सरकारको कानूनी सल्लाहकारको रुपमा रहने गर्छन् ।
कँडेलले रास्वपा सभापति रवि लामिछानेको मुद्धामा कानून व्यवसायीको रुपमा काम गरिसकेका छन् । सरकारवादी मुद्धामा प्रतिरक्षा गर्ने मुख्य जिम्मेवारी महान्यायाधीवक्तामा रहेको हुन्छ ।