राजनीति
काठमाडौं । सरकारले ‘वर्क फ्रम होम’ अर्थात् घरबाटै काम गर्न सबैलाई आह्वान गरेको छ ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान गरेको हो ।
मन्त्रीपरिषद्का निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आजको बैठकले ‘वर्क फ्रम होम’ र विद्युतीय सवारी साधनमा जोड दिन आम नागरिकलाई आह्वान गरिएको जानकारी दिइन् ।
यसरकारले यस अघि नै सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिँदै मन्त्री रावलले सवारी साधनमा पनि जोर विजोर प्रणाली लागू गर्ने विषयमा छलफल भैरहेको जानकारी दिइन् ।
आजको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट र नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गर्भनरमध्ये एकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
हेर्नुहोस् मन्त्रीपरिषद् बैठकका निर्णयहरुः
१. बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने,
२. ललितपुर जिल्ला ललितपुर महानगरपालिका– ३ पुल्चोकमा रहेको जलस्रोत तथा उर्जा अनुसन्धान केन्द्रलाई ललितपुर जिल्ला गोदावारी नगरपालिका वडा नम्बर ३ मा स्थानान्तरण गरी जल तथा उर्जा आयोगको सचिवालयको कार्यालय ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा हाल जलस्रोत तथा उर्जा अनुसन्धान केन्द्र रहेको भवनमा स्थानान्तरण गर्ने,
३. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण कुमार गौतम र सदस्य श्री ललिता कुमारी महर्जन एवम् श्री धुव्र आचार्यको राजीनामा स्वीकृत गर्ने,
४. नागढुङ्गा सुरुङ मार्गको पश्चिम खण्ड क्षेत्रमा पर्ने धुनीवेशी नगरपालिका वडा नम्बर ९ मा रहेको करिब ९ रोपनी निजी जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने,
५. पासाङल्हामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्ररबेसी सडक खण्डको बुनुवा घुम्तीमा पर्ने उत्तरगाया गाउँपालिका वडा नम्बर ५ मा रहेको करिब २ रोपनी निजी जग्गा प्राप्त गर्न स्वीकृत प्रदान गर्ने,
६. काठमाडौं–मधेश–तराई द्रुतमार्ग सडक आयोजना निर्माणका लागि काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका, ललितपुर जिल्लाको गोदावारी नगरपालिका र बागमी गाउँपालिका मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका, भिफेदी गाउँपालिका र इन्द्रेश्वर गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको कुल ४६.३९ हेक्टर जग्गा प्रयोग गर्न दिने र उक्त वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका १८९८ वटा रुख–पोल हटाउन स्वीकृति दिने,
७. राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा डा. गुणाकर भट्ट (जिल्ला डोटी) लाई नियुक्त गर्ने,
८. नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नर मध्ये एकमा एकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री किरण पण्डीतलाई नियुक्त गर्ने,
९. पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने,
(उपलब्ध तथ्यांक अनुसार न्यूनतम खपत गर्दा पनि पछिल्लो १५ दिनको पेट्रोल ३४ हजार किलो लिटर, डिजेल ८३ हजार किलो लिटर र मट्टीतेल ८६५ किलोलिटर, आन्तरिक हवाई इन्धन २ हजार ६१५ किलो लिटर र बाह्य हवाई इन्धन ५ हजार ८९२ किलो लिटर र एलपी ग्याँस १५ लाख २२ हजार ४४४ सिलिन्डर बिक्री रहेको छ । हालको संरचनामा विक्री गर्दा नेपाल सरकारलाई १५ दिनमै समग्र घाटा करिब रु ११ अर्ब ७२ करोड पुग्ने अवस्था छ । यो सानो रकम होइन् । त्यसैले यो समस्या केवल मुल्यको होइन् आपूर्ति शृङ्खला, कर, लागत र खपत र व्यवस्थापनको संयुक्त समस्या हो त्यसैले नेपाल सरकार केही निर्णयसहित अगाडी बढेको छ । पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्दै आएको पैठारी कर भन्साल महशुलमा लाग्दै आएको ५० प्रतिशत कर छुट प्रदान गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने)
१०. पेट्रोलियम पदार्थको आपूर्ति र वितरण असहजताका कारण आवश्यक परे जोर–बिजोर प्रणाली लागू गर्ने, ‘वर्क फ्रम होम र विद्युतीय साधनको प्रयोग बढाउन सरकारको आह्वान,