राजनीति
काठमाडौं- सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) का छोरा प्रतीक थापा आफ्नो नातागोताका मान्छे सत्तामा हुँदा उनीहरुको तुजुग, फार्इँ फुट्टी र शान कस्तो हुन्छ भन्ने कुराको ज्वतन्त उदाहरण बनेका छन् । उनी मात्र होइन बादलका साला र श्रीमती पनि सत्ताको शान देखाउँदै काठमाडौंको लाजिम्पाट क्षेत्रमा हुँकार दिइरहेका छन् नेपाल पानाले आजको समाचार लेखेको छ।
बादलका छोरासहित केही नातेदारहरु प्रहरी संगठनका केही बिशिष्ठ व्यक्तिहरुको सहयोगमा लाजिम्पाटको ‘दी लास्ट फ्राइडे’ नामक ‘लाउन्ज बार एण्ड रेष्टुरेन्ट’मा भेला भएर खाइपिई गर्ने मात्र होइन गृहमन्त्रालयको पावरको आडको मादक पदार्थ सेवन गरी गुण्डागर्दी शैलीमा प्रस्तुत हुने गरेको सोही क्षेत्रका एक व्यापारीले बताए ।
करिव दुई हप्ता अघि सो रेष्टुरेन्टमा रक्सिले मैमत्त भएका बादलका छोरा प्रतीक र सालोले नौटंकी नं प्रस्तुत गरको श्रोतको भनाई छ ।
रातभरी होहल्ला र झगडा गरेको भन्दै प्रहरीले उक्त होटलमा काम गर्ने मजदुरलाई रातभरी चिसो हिरासतमा राख्यो । अनि भोलिपल्ट कागज गरी मजदूरलाई प्रहरीले छोडिदियो ।
उक्त रेष्टुरेन्ट केही समय नेकपा अध्यक्ष प्रचण्डको बडिगार्ड रहसिकेका दानबहादुर मल्लको कमाण्डमा रहेको दरबारमार्ग प्रहरी बृत्तको क्षेत्रमा पर्छ ।
यतिमात्रले बादल पुत्र प्रतीकको हर्कत रोकिँदैन । बादलका स्वकीय सचिव तथा वाइसिएलका उपाध्यक्ष सुदीप तामाङसँग मिलेर चाँगुनारायणस्थित त्रिशुल डाँडामा बनाइएको होटलमा उनले सुरा सुन्दरीसहित प्रहरीसँग सुरुवा बढुवा र नियुक्तिको रकम लेनदेन गर्ने गरेको र उनको उक्त कार्यलाई सुदीपको दर्बिलो साथ रहेको श्रोतको दाबी छ ।