logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

चौतर्फी आलोचनापछि रिहा भए युट्युबर रोशन


  • राजनीति
  • आइतबार, चैत्र २९ २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को विरोध गरेर कन्टेन्ट बनाएको अरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल रिहा भएका छन् ।

प्रधानमन्त्री बालेन्द्रसहित रास्वपा सभापति रवि लामिछानेविरुद्ध अपमानजक र गालीगलौज गरेको भिडियो बनाएको आरोपमा पक्राउ परेका रोशनलाई आज प्रहरीले रिहा गरेको हो । पाँचथरको फागुनन्द घर भएका रोशनलाई प्रहरीले चैत्र २६ गते पक्राउ गरेको थियो ।

उनलाई जिल्ला अदालतबाट साइबर अपराध मुद्धामा अनुसन्धानका लागि १० दिनको म्याद समेत थपिएको थियो । तर सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि उनलाई छोडिएको हो ।

प्रहरीका अनुसार बोलाइएको समयमा उपस्थित हुने गरी उनलाई हजुर आमाको जिम्मा लगाइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार