राजनीति
काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारी ठाकुरले पदभार ग्रहण गरेकी छिन् ।
यही चैत्र २७ गते प्रतिनिधि सभा बैठकबाट निर्वाचित भएकी ठाकुर आज सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् । उपसभामुख ठाकुरले आजै सभामुख डीपी अर्यालसँग पहिलो औपचारिक भेटवार्ता गरिन् ।
सभामुख अर्यालले उपसभामुख ठाकुरलाई बधाई तथा शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।