राजनीति
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहविरुद्ध रास्वपाकै कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
सांसद सिंहले सोमबार जलेश्वरस्थित प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सरकारी कार्यालयका प्रमुखहरुसँग छलफल गरिरहेका बेला रास्वपाकै कार्यकर्ताहरुले नाराबाजी गर्दै विरोध जनाएका हुन् ।
स्थानीय नेता तथा कार्यकर्ताहरुसँग समन्वय नै नगरी सरकारी अधिकारीहरुसँग छलफल गरेको आरोप लगाउँदै कार्यकर्ताहरुले असन्तुष्टि जनाएका थिए । प्रदर्शनकारीहरुले सांसद अमरेशसिंह मुर्दावादको नारा समेत लगाएका थिए ।
प्रहरीले प्रदर्शनकारीहरु बैठक कक्षभित्र नै प्रवेश गर्न खोजेपछि भीडलाई रोक्दै स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।