राजनीति
In this photo posted by Rastriya Prajatantra Party-Nepal Chairman Kamal Thapa on his Twitter, former King Gyanendra Shah is offering Dashain Tika to him, on Tuesday, October 11, 2016.
जनकपुरधाम- राष्ट्रिय प्रजाततन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान दुई तिहाइको सरकारले देशलाई द्वन्द्वको खतरातर्फ उन्मुख गरेको आरोप लगाएका छन्।
जनकपुरधाममा मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले २०६३÷०६३ को आन्दोलनमा धर्म निरपेक्षताको कुरा नउठ्दै जनतालाई अल्मल्याएर विदेशीको इसारामा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको बताए। उनले जनआन्दोलनपछि १२ वर्षको बीचमा लाखौँ व्यक्तिलाई विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराइएको दाबी गर्दै यसरी दिनानुदिन धर्म परिवर्तन भए धार्मिक तथा सांस्कृतिक द्वन्द्वको खतरामा फस्ने बताए।
थापाले आगामी फागुन ७ गतेदेखि हिन्दुराष्ट्र निर्माणका लागि जनसंघर्षको कार्यक्रम अघिसारेको बताउँदै अबको एक वर्षभित्र संगठन सुदृढीकरण अभियान, पार्टी एकाइको पुनर्गठन, ५० हजार सदस्यता वितरण र हिन्दुराष्ट्र पुनर्जागरणको अभियान चलाइने जानकारी दिए। अध्यक्ष थापाले तीन राप्रपाको एकताको ढोका सदैव खुला रहने बताउँदै राज्यसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र नेपाल र चुनाव चिह्न गाई आफरूहरूको पहिलो सहमति विन्दु रहेको समेत जनाए।