राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीको अर्काे उभार छिट्टै आउने बताएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफूहले सोचभन्दा छिट्टै जनता, आन्दोलन, समाजवाद र कम्युनिष्ट पार्टीको अर्काे उद्धार छिट्टै आउने दाबी गरे ।
“सोचेभन्दा छिट्टै कम्युनिष्ट पार्टीमा उभार आउँदैछ । लक्षण त देखिएकै छ, सरकारका काम कारबाहीको, अहिले बढी म भन्दिन” उनले भने ।
विजय र पराजयका ठूल्ठुला परिघटनाहरु आफूले हेरिसकेको भन्दै उनले अहिले नराम्रोसँग धक्का खाएको पीडा पनि आफूहरुसँग भएको बताए । आज भोली निराशाका कुराहरु सुनाउने मान्छेहरु आफ्नो अगाडी नआइदिए हुन्थो जस्तो लाग्ने उनको भनाई रहेको छ ।
“६४ मा हामी कसरी एक्लै बहुमतको नजिक पुगेको अनुभव पनि हामीसँग छ । ७४ मा नेपाल कम्युनिष्ट पार्टी दुई तिहाई पुगेको अनुभव पनि हामीसँग छ । अहिले नराम्रोसँग धक्का खाएको पीडा पनि हामीसँग छ । यी दुई वटालाई नै जोडेर हेर्यो भने म चाँही के देख्छु भने तपाईंहरु त कतिपय साथिहरु निराशाको जस्तो कुरा सुनाउन आउनुहुन्छ । मलाई आजकाल निराशाको कुरा सुनाउने मान्छे मेरो अगाडी नआइदिए हुन्थ्यो जस्तो लाग्छ,” उनले भने ।
अहिलेको सरकारको काम कारबाहीबाट लक्षण देखिएको भन्दै उनले आजभोली राम्रा राम्रा न्युजहरुपनि आउन थालेको बताए । पहिला नेपोबेबी र करप्सन भननेहरु ती नोपोबेबीहरु को रहेछन् भन्ने त स्पष्ट देखिन थालेको उनले बताए ।