राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले बैशाख १७ गते बिहिवार दिउँसो २ः०० बस्ने गरी संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/०८ को सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,” राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।