राजनीति
काठमाडौं । चलचित्र ‘परालको आगो’ आजबाट प्रदर्शनमा आएको छ ।
फ्राइडे रिलिज अन्तर्गत ‘परालको आगो’ आजबाट देशैभरीका सिनेमा हलमा प्रदर्शनमा आएको हो । लक्षमण सुनारको निर्देशनमा रहेको चलचित्रलाई सुशील पोखरेलले निर्माण गरेका हुन् ।
‘परालको आगो’ मा प्रकाश सपूत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी लगायतका कालाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् ।