logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

विश्वकप लिग– २ः यूएईविरुद्ध नेपालको शानदार जित


  • राजनीति
  • शनिबार, बैशाख १२ २०८३

काठमाडौं । आईसीसी विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपालले यूएईविरुद्ध ३७ रनको शानदार जित हासिल गरेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको घरेलु टोली नेपालले २०१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको यूएई ४८.२ ओभरमा अलटाउट हुँदै १६३ रन मात्रै बनाउन सक्यो ।

यूएईका लागि हरपित सिंहले सर्वाधिक ३९ रन बनाए । त्यस्तै मुहम्द वासीमले ३४, अक्षदीप नाथले ३० तथा आर्यान्स शर्माले १८ रन जोडे । यूएईलाई सस्तैमा समेट्न नेपालका बलर करण केसीले सर्वाधिक ४ विकेट चट्काए ।

त्यस्तै सन्दीप लामिछानेले र सोमपाल काकीले २–२ विकेट लिए । पहिला ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । उनले सर्वाधिक ७५ रनको योगदान दिए । कुशल भुर्तेलले २४, करण केसीले २२, आरिफ शेख र सोमपाल काकीले समान १५–१५ रन जोडे ।

बलिङतर्फ यूएईले जुनैद सिद्धिकी र अजय कुमारले समान ३–३ विकेट लिए । खुजना तनवीरले २ विकेट लिँदा हैदर अली र मुहम्मद शाहदादले एक–एक विकेट लिए । नेपालले अब अर्काे खेल बुधवार ओमानसँग खेल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार