logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन र अनुशासन समितिको बैठक


  • राजनीति
  • आइतबार, बैशाख १३ २०८३

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन र अनुशासन समितिको बैठक बेलाएको छ ।

कांग्रेसले आइतबार दुई छुट्टै विज्ञप्ति जारी गरेर बैशाख १४ (भोली–सोमबार) केन्द्रीय कार्यसम्पादन समिति र अनुशासन समितिको बैठक आह्वान गरेको हो । कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्धारा जारी गरिएको विज्ञप्ति अनुसार केन्द्रय कार्यसम्पादन समतिको बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८३ वैशाख १४ गते सोमवार विहान ११ः०० बजे केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै कांग्रेसको केन्द्रीय अनुशासन समितिका सचिव दिनेश कुमार थापा मगरले विज्ञप्ति जारी गरेर अनुशासन समितिको बैठक भोली (सोमबार) दिउँसो २ बजे बस्ने जानकारी दिएका छन् ।

“नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख १४ गते सोमबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ,” सचिव थापामगरद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अनुशासन समितिको बैठक गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र उनीहरुको समर्थक र प्रस्तावकको विषयमा छलफल हुनेछ । त्यस्तै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछापका जिल्ला सभापति कान्छाराम तामाङलाई सोधिएको स्पष्टीकरण बारे पनि छलफल हुने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार