logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

पौडेल बने सशस्त्र प्रहरीको आईजीपी, यी हुन् मन्त्रीपरिषद् बैठकका तीन निर्णय


  • राजनीति
  • सोमबार, बैशाख १४ २०८३

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक (आईजीपी) पदमा नारायणदत्त पौडेल नियुक्त भएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले पौडेललाई सशस्त्र प्रहरीको आईजीपी पदमा नियुक्त गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका सरकार प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनले सरकारले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको बताए ।

त्यस्तै, सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्न सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरिएको छ । त्यस सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार