logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वाेच्चको आदेश


  • राजनीति
  • मंगलबार, बैशाख १५ २०८३

काठमाडौं । सर्वाेच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ ।

मंगलबार न्यायाधीश नृपध्वजराज निरौलाको एकल इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा विपक्षीहरुका नाममा आदेश जारी गर्दै गोल्छालाई म्याद थप गरिएको फाइलसहित २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको सर्वाेच्च अदालतका प्रवक्ता रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

नेपाल उद्योगा वाण्ज्यि महासंघका पूर्वअध्यक्ष समेत रहेका गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैशाख १० गते पक्राउ गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार