राजनीति
सुनकान्ड र गोरे एक समय जतासुकै छाएको थियो , अहिले त्यो एक्कासी सेलाएको छ । न त अहिलेसम्म सुन भेटियो न त त्यसमा संलग्न भनिएका ठुला माछा नै भेटिए ।
गोरे समातिएपछी जनताले सोचेका थिए ल अब यो सुन तस्कारको जालो तोडिनेछ र ठुला माछाहरु समातीनेछन् । यतिका समय बित्दा पनि केहि सुइँकोसम्म छैन ठुला माछाको । जनता भने हेरेको हेरै ।
त्यस्तै सिन्डिकेट अन्त्य हुन्छ भने जनताले कत्रो आश गरेका थिए । तर त्यो पनि बिस्तारै सेलायो । सडकमा हेर्यो यातायतको मनोमानी, गुन्डागर्दी जस्ताको त्यस्तै छ । अब कतै यो सिन्डिकेट अन्त्य हुन्छ भन्ने कथा मात्र हुने हो कि भन्ने डर छ ।
आखिर सधैँ किन यस्तो हुन्छ ? कुनै राम्रो काम शुरु त हुन्छ तर बिचमा घाम अस्ताएजस्तो सेलाएर जान्छ । यसमा नेताको दोश कि हाम्रो पनि । यदी हामीले नेतालाई बेला बेला दबाब दिए यस्तो हुँदैँन थियो कि !