राजनीति
काठमाडौं । शितल निवास र सिंहदरबार फेरि एक पटक आमनेसामने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले पुनःविचारका लागि हिजो फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मन्त्रीपरिषद् बैठकले हुबहु पुनः राष्ट्रपति कार्यालयमा फेरि सिफारिस गरेको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपतिबाट पुर्नः विचारका लागि पठाइएको अध्यादेश हुबहु पास गर्न सिफारिस गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
सरकारले राष्ट्रपतिद्धारा आह्वान गरिसकेको संसद् बैठक स्थगित गर्न लगाएर राष्ट्रपति पौडेल समक्ष अध्यादेश पठाएको थियो । राष्ट्रपतिले सरकारबाट सिफारिस भएकामध्ये संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधी) (पहिलो संशोधन) अध्यादेश) २०८३ को पुर्नविचारका लागि फिर्ता पठाएका थिए ।
तर, यता सरकारले भने राष्ट्रपतिले पुर्नविचारका लागि पठाएको उक्त अध्यादेश भोलीपल्टै पुनः हुबहु सिफिारिस गरिनुले शितल निवास र सिंहदरबारबीचको दूरी बढेको संकेत गरेको छ । पछिल्लो समय बालेन्द्र नेतृत्वको सरकारले संसदलाई छलेर अध्यादेश मार्फत् सरकार चलाउने तयारी गरेपछि सरकारको समर्थन र ओलोचना दुवै भैरहेको भने नेपालको राजनीतिक माहोल निकै चर्चाको विषय बनेको छ ।