logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

बीपी राजमार्गको खुर्काेट–भकुण्डेबेंसी सडकखण्डमा राती सवारी चलाउन रोक


  • राजनीति
  • मंगलबार, बैशाख २२ २०८३

काठमाडौं । बीपी राजमार्ग अन्तर्गतको खर्काेट–भकुण्डेबेसी सडक खण्डमा राती सवारीसाधन चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज एक सूचना जारी गर्दै रोशि खोलमा आएको बाढीका कारण क्षतीग्रस्त भई निर्माणको क्रममा रहेको बीपी राजमार्गको खुर्काेट–भकुण्डेबेसी सडकखण्डमा अर्काे सूचना जारी नभएसम्म बेलुकी ५ बजेबाट बिहान ५ बजेसम्म सवारी साधन आवागमनमा पूर्ण रुपमा रोक लगाइएको जानकारी दिइएको छ ।

साथै उक्त अवधि पश्चात् पनि वर्षा, रोशिखोलामा आउनसक्ने बाढी र माौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अल्पकालिन अवधिका लागि रोक लगाउन सकिने उक्त सूचनामा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार