राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुलाई संसदमा बोल्दा च्याटजीपीटीको अत्यधिक प्रयोग नगर्न आग्रह गरेको छ ।
पार्टीकी सचेतक क्रान्तिशिखा धितालले सांसदहरुलाई “आफ्नै तयारी र अध्ययनका आधारमा बोल्न” सुझाव दिएकी हुन् ।
एक सांसदका अनुसार धितालले अनौपचारिक छलफलमा “विषय नभए नबोले पनि हुन्छ, तर एआईको भरमा बोल्न जरुरी छैन” भनेकी थिइन् ।
पछिल्लो समय संसदमा एआई प्रयोग गरेर भाषण तयार गर्ने प्रवृत्तिबारे चर्चा बढेपछि रास्वपाले आन्तरिक रूपमा यस्तो निर्देशन दिएको हो ।