राजनीति
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र साहका समर्थकमाथि कडा प्रहार गरेका छन् ।
नेपालले अर्को देशको सीमाना मिचेको छ भन्दा पनि केही मान्छे समर्थनमा दौडिएको भन्दै उनले आपत्ति जनाए । पहिले आफ्ना कार्यकर्तालाई ‘मासुभाते’ भनिएको तर अहिले बालेनका समर्थकहरू भातको भरमा दौडिएको ओलीको भनाइ छ ।
‘अस्तिन एमालेलाई मासुभात, मासुभात भन्थे, यिनको त मासु पनि हैन भातमात्रै हो’, आक्रोशित हुँदै भने, ‘यस्तो देशद्रोही कुराको समर्थ गरेर हिँड्ने मान्छे भातबाहेक के हुन्छ ? भात !’
नेपालले भारतको एक इन्च पनि जमिन नमिचेको स्पष्ट पार्दै उनले प्रम साहको अभिव्यक्ति सम्पूर्णरूपले झूठ हो भनेका छन् । प्रधानमन्त्री अचानक संसदमा उपस्थित हुनु र त्यस्तो अभिव्यक्ति दिनु शंकाश्पद रहेको बताएका ओलीले कसलाई के संदेश दिन खोजेको भनी प्रश्न पनि गरे ।
‘सम्पूर्णरूपमा झुट असत्य राष्ट्रघाती बचन प्रधानमन्त्रीले संसद्को रोष्टमबाट बोल्नु हुँदैनथ्यो तर बोल्ने काम भयो’, उनको प्रश्न छ, ‘कसको हितको लागि ? नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा गर्दा कसको पक्षमा केका लागि बोलियो ? त्यसदिन न कार्यक्रम न प्रश्नोत्तर न नियमावली अनुसारको कुनै कुरा न बोलाइ । अचानक के संदेश दिन खोजेको? कसलाई सुनाउन खोजेको ?’