राजनीति
ललितपुरको जावलाखेलस्थित डिएभी कलेजमा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेका छन् ।
प्लस टु अध्ययन गरिरहेका पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २२, घर भएका १८ वर्षीय आर्यन सिंहले आत्महत्या गरेका हुन् । उनी हिजो बिहान साढे १० बजे कलेजको छतबाट हामफालेको ललितपुर कलेज स्रोतले बतायो ।
सिंहले सुसाइड नोटसमेत लेखेको भेटिएको छ । नोटमा उनले ‘अब घर फर्कन्न भनेका छन् । ‘चार तलाबाट हाम फालेका थिए । लगत्तै सुमेरु अस्पताल लगेकोमा साँझ ७ बजे मृत घोषणा गरिएको हो,’एक शिक्षकले भने ।
सिंहले सुसाइड नोटसमेत लेखेको भेटिएको छ । नोटमा उनले ‘अब घर फर्कन्न भनेका छन् ।