logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

यात्रुलाई लछारपछार गर्नेहरू प्रहरी खाेरमा


  • राजनीति
  • बिहिबार, असार २५ २०८३

यात्रु खोसाखोस गरेर दुःख दिने ३२ जना पक्राउ परेका छन् । काठमाडौंको जडीबुटीबाट उनीहरु समातिएका हुन् । उनीहरुले बाटोमा हिँडिरहेका मानिसलाई जबरजस्ती गाडीमा हाल्ने, झोला तान्ने गरेको प्रहरीको आरोप छ । पक्राउ पर्नेहरुमा दोलखाका २३ वर्षीय किरण परियार, २२ वर्षीय सुरज राउत, २५ वर्षीय नविन तामाङ, २८ वर्षीय कारसाङ तामाङ, २८ वर्षीय पासाङ तामाङ, ३१ वर्षीय दिपेन्द्र राउत, २२ वर्षीय बलराम नेपाली, २८ वर्षीय सुविन्द्र नेपाली, २७ वर्षीय दोपक श्रेष्ठ, २० वर्षीय प्रविन श्रेष्ठ, दिपक तामाङ, मनिराज थापा, २३ वर्षीय सुकलाल श्रेष्ठ, सरोज पाण्डे छन् ।

यस्तै, सिन्धुपाल्चोकका ३२ वर्षीय फसबहादुर जिसी, ३० वर्षीय हिराकाजी तामाङ, २१ वर्षीय अमृत तामाङ, ४४ वर्षीय रमेश लामा ४३ वर्षीय विजय तामाङ र २४ वर्षीय अरुण खड्का, ओखलढुंगाका २६ वर्षीय निराजन कार्की, रामेछापका २६ वर्षीय धोजराज बुढाथोकी, २५ वर्षीय चन्द्रबहादुर माझी, २४ वर्षीय मनिष माझी, ३१ वर्षीय रोजबहादुर श्रेष्ठ, २८ वर्षीय रोशन माझी, काभ्रेपलाञ्चोकका ३० वर्षीय गंगे लामा र ४२ वर्षीय रामबहादुर घलान, रौतहटका ३८ वर्षीय राजकुमार लामा र सुनसरीका ४३ वर्षीय राज दाहाललाई पनि प्रहरीले समातेको छ । आज पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार