logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

थलिँदै पुँजीबजार,अझै किन मौन छ सरकार ?


  • राजनीति
  • बिहिबार, असार २५ २०८३

सेयर बजारका लगानीकर्ताहरुले धैर्यको बाँध फुट्नै लागेको चेतावनी दिएका छन् । पुँजीबजार निरन्तर ओरालो लाग्दा करिब ५ खर्ब रुपैयाँ बराबरको पुँजीबजार साँघुरिएको उनीहरूको दावी छ ।

लगानीकर्ताले दुई तिहाइ बहुमतको सरकारको मौनतामाथि प्रश्न उठाएका छन् । भन्छन्–अर्थमन्त्री स्वर्णिम वाग्ले दीर्घकालीन आर्थिक नीतिको भाषणमा व्यस्त छन्,तर अहिले मार्जिन कल, आर्थिक वर्षको हिसाब मिलान,बैंकको ब्याज र ऋण नवीकरणको चपेटामा परेका लगानीकर्ताको पीडा सुन्ने उनलाई फुर्सद छैन ।

दुई महिनाभन्दा बढी समयदेखि धितोपत्र बोर्ड नेतृत्वविहीन रहँदा बजार झन् अन्योलमा परेको उनीहरूको भनाइ छ। सरकारले बोर्ड अध्यक्ष नियुक्त गरेको घोषणा गरेको एक साताभन्दा बढी समय बितिसक्दा पनि पद तथा गोपनीयताको शपथ गराउन नसक्नुले सरकारको प्राथमिकता कहाँ छ ? भन्ने प्रस्ट भएको टिप्पणी लगानीकर्ताहरुको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार