राजनीति
फुटबलको महाकुम्भ २०२६ को फाइनलको अन्तिम सिट्टी बज्दा मेटलाइफ स्टेडियममा देखिएको एउटा दृश्यलाई विश्व खेलकुदले ‘विरासत हस्तान्तरण’को रूपमा अर्थ्याएका छन्।
एकातिर ३९ वर्षका भेट्रान सुपरस्टार लियोनेल मेस्सी थिए भने अर्कातिर भर्खरै १९ वर्ष पुगेका युवा सेन्सेसन लामिन यामल।
स्पेनले १-० ले विश्वकप जितिसकेपछि यामलले आँसु पुछिरहेका मेसीलाई अङ्गालो हालेर सान्त्वना दिएको यो क्षणलाई धेरैले सन् २००७ को त्यो चर्चित तस्बिरसँग जोडेर हेरेका छन्।
उक्त तस्बिरमा २० वर्षीय मेसीले ६ महिनाका यमललाई नुहाइदिइरहेका थिए। १९ वर्षपछि आफैँले नुहाइदिएका ती बालकले मेस्सीको विश्वकप यात्रामा पूर्णविराम लगाइदिए।
लामिन यामलले मात्र १९ वर्ष ६ दिनको उमेरमा फुटबल जगतका दुई ठूला उपाधि (यूरो कप र विश्वकप) जितेर एउटा दुर्लभ कीर्तिमान बनाएका छन्।
उनी पेले र एमबाप्पेपछि विश्वकप फाइनल खेल्ने र जित्ने चौथो युवा खेलाडी बनेका छन्। उनले राष्ट्रिय टोलीका लागि खेलेका २८ वटा प्रतिस्पर्धी खेलमा स्पेन कहिल्यै हारेको छैन।
ठूला प्रतियोगितामा उनले सुरुवाती ११ मा परेका १३ वटै खेलमा स्पेनले शतप्रतिशत जित निकालेको छ। उनी यूरो र विश्वकप दुवै जित्ने इतिहासकै कान्छा खेलाडी बनेका छन्।
मेसी एक्लिए, यामल चम्किए
यो फाइनलमा स्पेनका खेलाडीहरूले आफ्ना युवा स्टार यमललाई खुलेर खेल्ने वातावरण दिए। स्पेनको ‘प्युरिस्ट’ फुटबलले यामलको प्रतिभालाई अझ निखार्न मद्दत पुर्यायो।
यसको ठीक विपरीत, अर्जेन्टिनाको रणनीति केवल रक्षात्मक देखियो, जसले गर्दा मेसीले अग्रपङ्क्तिमा कुनै सहयोग पाउन सकेनन्।
सायद आफ्नो अन्तिम विश्वकप खेलिरहेका मेसीले पूरै खेलभरि केवल एउटा प्रहार गरे, त्यो पनि फ्रेममा परेन। अर्जेन्टिनाको नकारात्मक शैलीका कारण मेसीले खल्लो बिदाइ भोग्नुपर्यो।
१९ वर्षको उमेरमा पनि यमलको परिपक्वता लोभलाग्दो देखियो। अर्जेन्टिनी डिफेन्डरहरूले उनलाई शारीरिक रूपमा लडाउन र मानसिक रूपमा उत्तेजित पार्न निकै प्रयास गरे।
बीबीसीका फुटबल विश्लेषक जो हार्ट भन्छन्, ‘यामललाई पुरै अर्जेन्टिनी टोलीले स्म्याश गर्न खोजेको थियो, तर उनी कत्ति पनि डगमगाएनन्। उनले संयम गुमाएनन् र केवल आफ्नो खेलमा केन्द्रित रहे।’
स्पेनको जित विश्व फुटबलमा एउटा नयाँ शक्तिको उदय पनि हो। कप्तान रोड्रिको नेतृत्व र यमल तथा पाउ कुबार्सी जस्ता युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले स्पेनलाई आगामी दशकको सबैभन्दा बलियो टोलीको रूपमा स्थापित गरिदिएको छ।
मेसीले फुटबलको एउटा सुनौलो अध्यायको नेतृत्व गरेर विश्राम लिन लाग्दा, लामिने यमलले त्यही विरासतलाई अगाडि बढाउने सङ्केत न्यु जर्सीको मैदानमा दिए।