logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि संक्षिप्त सूची सार्वजनिक


  • राजनीति
  • सोमबार, साउन १८ २०८३

 काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये १० जना उम्मेदवारहरूको नाम संक्षिप्त सूचीमा समावेश गरी सार्वजनिक गरिएको छ ।

‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम उपकुलपति पदका लागि परेका दरखास्तहरूबाट वर्णानुक्रमअनुसार १० जना उम्मेदवारहरूको नामावली छनोट गरिएको हो ।

छनोटमा परेका उम्मेदवारहरूमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका छन् ।

संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूका सम्बन्धमा कुनै रायसुझाव दिन चाहने व्यक्तिहरूका लागि साउन २० गतेसम्म उपलब्ध गराइएको गुगल लिङ्कमार्फत आफ्ना सुझावहरू पठाउन सकिने व्यवस्था गरिएको छ ।

संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता साउन २२ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा हुने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार