logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

देउवा काठमाडौं उत्रिँदै, टिजी ३१९ देखि चुनदेवीसम्म यस्तो हुनेछ स्वागत


  • राजनीति
  • बुधबार, साउन २७ २०८३

नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भोलि काठमाडौं आइपुग्ने भएका छन्। उनको स्वागतका लागि कांग्रेसको संस्थापन इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित चुनदेवी नजिकैको निवाससम्म विशेष तयारी गरेको जनाएको छ।

देउवा भोलि दिउँसो १२ः२५ बजे बैंककबाट थाइ एअरवेजको उडान नम्बर TG ३१९ मार्फत काठमाडौं अवतरण गर्ने कार्यक्रम छ। विमानस्थलमा कांग्रेस संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा नेता तथा कार्यकर्ताले स्वागत गर्ने र त्यसपछि उनलाई चुनदेवीस्थित भाडाको निवाससम्म पुर्‍याउने तयारी गरिएको छ।

गत भदौ २४ गते भएको हिंसात्मक घटनाका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा लुटपाट, आगजनी तथा तोडफोड भएको थियो। त्यसपछि देउवा दम्पती हाल चुनदेवी नजिकैको भाडाको निवासमा बस्दै आएका छन्।

फागुनमा हुने आमनिर्वाचनअघि उपचारका लागि देउवा दम्पती सिंगापुर हुँदै हङकङ पुगेका थिए। उपचारपछि देउवा भोलि काठमाडौं फर्किन लागेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार