राजनीति
द्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् ।
बजारमा चर्किएको ग्यास अभावका बीच आफ्नै अभिव्यक्तिका कारण विवादमा परेकी उनले आज प्रधानमन्त्री बालेन्द्र साहलाई भेटेर राजीनामा बुझाएको जनाइएको छ । यादवले हिजो ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् ।
संसदीय समितिको बैठकमा सांसदहरूले ग्यास आपूर्ति र कालोबजारी नियन्त्रण गर्न नसकेको भन्दै उनको भूमिकामाथि प्रश्न उठाएपछि व्यवसायीलाई दोष दिएर उम्किन खोजेकी उनी अन्तत: पद छोड्न बाध्य भएकी हुन् ।
यादवले बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् ।