logo शनिबार, असोज १७ २०८३ | Saturday 3rd October 2026

चोलेन्द्र समशेरलाई छाडियो


  • राजनीति
  • आइतबार, असोज ११ २०८३

प्रहरीको पिक अपमा बस्न नमानी राति आफै गाडी चलाएर प्रहरी कार्यालय पुर्याइएका पूर्व प्रधानन्यायाधीश आफैँ गाडी हाँकेर घर फर्कन लागेका छन् । गएको मध्यरात पक्राउ गरिएका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालाई प्रहरीले छाड्ने भएको छ । बिनापुर्जी मध्यरात बाँसबारीस्थित घरमा पक्रन आएको प्रहरी टोलीसँग राणाले कसूरसहितको पुर्जी मागेका थिए । तर, प्रहरीले पक्राउको कुनै चित्तबुझ्दो आधार र कारण दिन नसकेपछि झण्डै १२ घण्टा हिरासतमा बिताएका राणा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,टेकूबाट अहिले गाडी चलाउँदै घर जान लागेका छन् ।

राति प्रहरीले मौखिक रुपमा ‘तपाइँँलाई घरमा बस्दा जेन जीबाट थ्रेट छ’ भन्ने एकोहोरो कुरा सुनाएपछि राणा र प्रहरी टोलीबीच झण्डै एक घण्टासम्म प्रश्न, प्रतिप्रश्न चलेको थियो । राति नै गाडी चलाउँदै उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकू गएका थिए ।

एसएसपी सन्तोष खड्का नेतृत्वको टोली राणाको निवास पुगेको थियो । राणाले सुरक्षा थ्रेट भए आफ्नै निवासमा सुरक्षाकर्मी बढाउनुपर्ने,सुरक्षा सावधानी अपनाउनुपर्ने अडान लिँदै पक्राउको कारणसहित पुर्जी मागे । जवाफमा खड्काले पोहोर भदौ २३, २४ गते र त्यसअघि जेन जी भनिएकाहरुले प्रयोग गर्दै आएको डिस्कर्ड एपको सामूहिक छलफलमा पूर्व प्रधानन्यायाधीशमाथि सुरक्षा थ्रेटको प्रसंग उठाइएकाले तत्काल ल्याउन आदेश भएको सुनाएका थिए । राणाले सुरक्षा थ्रेट भए निवासमा प्रहरी संख्या बढाउने कि प्रहरी थानामा लैजाने ? भनेर प्रश्न गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार