logo आइतबार, असोज १८ २०८३ | Sunday 4th October 2026

रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो गगनजी ?


  • राजनीति
  • आइतबार, असोज १८ २०८३

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले १९ दिने आन्दोलन र त्यसपछि आएको गणतन्त्रसँगै किन हाम्रो धर्म साटियो भनेर कांग्रेस सभापति गगन थापालाई प्रश्न गरेका छन् ।
आइतबार काठमाडौँमा सुरु भएको कांग्रेसको १५ औँ महाधिवेशनको शुभकामना दिँदै नेता चौधरीले थापालाई यस्तो प्रश्न गरेका हुन् ।

‘१९ दिने आन्दोलनबाट गणतन्त्र ल्यायौँ तर, त्यो १९ दिने जनआन्दोलनमा गणतन्त्रसँगै मेरो धर्म किन साटियो गगनजी ?’, चौधरीको प्रश्न छ ।

उनले आफूहरू आफ्नो पहिचानसँग साटफेर नगर्ने भन्दै देशको संविधान बनाउन ठुलो भूमिका निर्वाह गरेको कांग्रेसले कमैया मुक्ति समेत गरेको बताए ।
उनले संविधानमा लेखिएपनि थारुहरूले अधिकार नपाएको भन्दै थारुहरू कहिले प्रधानमन्त्री, प्रधानसेनापति र मुख्यसचिव कहिले हुने भन्दै थापालाई प्रश्न गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार