logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पत्नीलाई माइत किन जान दिएको भन्दै “चिर्पटले प्रहार गरेर” बुवा र ठूलाबाको हत्या


  • राजनीति
  • शुक्रबार, मंसिर २१ २०७५

धनगढी –
पत्नीलाई माइत किन जान दिएको भन्दै  कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाका १ युवकले आफ्नी बुवा र ठूलाबाको हत्या गरेका छन् ।

बलियाका २१ वर्षीय जहरसिंह चौधरीले ५५ वर्षीय बुवा चंख चौधरी र ६० वर्षीय ठूलो बुवा पल्टु चौधरीलाई काठको चिर्पटले प्रहार गरेर हत्या गरेका छन् ।

उनकै प्रहारबाट उनको आमा पनि घाइते बनेकी छिन् । उनको उपचार स्थानीय लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार जहरीलालले आफ्नी पत्नीलाई बिना जानकारी माइत किन जान दिएको भन्दै बुवा, ठूला बुवा र आमालाई ढोका थुनेर कुटपिट गरेको जनाइएको छ ।

तर अझै घटनाबारे सत्यतथ्य खुल्न बाँकी रहेको जनाइएको छ । जहरीलाल प्रहरीको नियन्त्रण छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार