logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ब्रेकिङ: काठमाण्डौमा प्रहरीको इन्काउटर अप्रेसन “गुन्डा नाइके राजन लिम्बु घाइते”


  • राजनीति
  • शुक्रबार, मंसिर २१ २०७५

काठमाडौं–  गुन्डा नाइके राजन लिम्बु ! लामो समयदेखि लुटपाट र गुन्डागर्दीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

काठमाडौंको कालोपुलमा लिम्बुमाथि महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले गोली प्रहार गरेको छ ।

लिम्बुलाई पक्राउ गर्न गएको प्रहरीले उनी भाग्न लागेपछि गोली चलाएको हो । लिम्बुको खुट्टामा गोली लागेको जनाइएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गोली लागेर घाइते भएका लिम्बुलाई उपचारका लागि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

काठमाडौं उपत्यकामा हुने लुटपाट र गुन्डागर्दीका दर्जन बढी घटनामा संलग्न लिम्बु लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार