logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सशस्त्र प्रहरीका डीएसपी भण्डारी माथि भ्रष्टाचारको अभियोग


  • राजनीति
  • शुक्रबार, मंसिर २१ २०७५

काठमाडौं-  सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीमाथि भ्रष्टाचारको अभियोग लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नेपाल अरुण गुल्म संखुवासभामा कार्यरत डीएसपी भण्डारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।


आयोगका प्रवक्ता रामेश्वर दंगालले एक सय क्यु.फिट बराबरको १८४ थान सालको चिरान काठ चैनपुरबाट धरान/इटहरी ओसारपसार गरेर सरकारी सम्पत्ति दुरुपयोग गरेपछि विशेष अदालतमा मुद्दा दायर गरिएको  जानकारी दिए ।

आरोपपत्रमा एक लाख चार हजार रुपियाँ बिगो असुलउपरको माग गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार