राजनीति
पर्वतमा १३ दिनदेखि एक किशाेरी मृत भेटिएकी छन्।
हराइरहेकी बिहादी गाउँपालिका-३, रानीपानीकी १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो।
उनी यही मंसिर ९ गतेदेखि हराइरहेकी थिइन्। खोजी गर्दै जाँदा १३ दिनपछि सडेको अवस्थामा उनको शव भेटिएको हो । शव पोस्टमार्टमका लागि वालिङ पठाइएको छ।
शुक्रबार बिहान ड्याममा शव भेटेपछि मिर्मीमा होटल व्यवसाय गर्दै आएका रतनबहादुर कुँवरले प्रहरीलाई खबर गरेका थिए।
पारिवारिक स्रोतका अनुसार बुबासँग पैसा माग्दा नदिएपछि मेनुका घरबाट बेपत्ता भएकी थिइन्। त्यही झोकमा उनले कालीगण्डकी नदीमा हामफालेर आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।
उनी गुल्मीको पूर्तिघाटस्थित जीवन उद्धार मावि कक्षा ११ पढ्थिन।