logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

अनैतिक कार्य गरेको भन्दै कालो मोसो, विप्लवको सत्ताद्धारा कार्वाहीको सुरुवात


  • राजनीति
  • शनिबार, मंसिर २२ २०७५

विप्लव नेतृत्वको नेकपा निकट जनसत्ताले जनकारबाही । मुद्दा मिलाउने बहानामा जनतासग मोटो रकम उठाउने, महिलाहरुसग अनैतिक सम्बन्ध राख्ने सामाजिक दलाल, सुदखोर, भ्रष्टाचार र ब्यभिचारको आरोप लगाउदै वाणगंगा नगरको जनपरिषदले कपिलवस्तु वाणगंगा ३, कर्महनाका युवराज भुषाललाई जनकार्बाही गरेको छ ।

कारबाहीपछि भेटिएको एक पर्चामा ४ बुदे आरोप लगाउदै उनलाई कारबाही गरेको जनाएको छ । बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चलाउदै आएको जनसत्ताले उल्लेख गरेको पर्चामा कार्बाही गरिएका भुषाललाई सो पार्टीले जनताहरुलाई अनावश्यक रुपमा झुठ्ठा मुद्दा लगाई दुख दिने काम गरेको आरोपसमेत लगाएको छ । महिलाहरूलाई विभिन्न प्रलोभन र बाध्यतामा पारी अनैतिक सम्बन्ध राख्न बाध्य पार्ने गरेका उनले स्थानीय एक महिलाको श्रीमानलाई अनावश्यक झुठ्ठो मुद्दा लगाई भारत पस्न बाध्य पारेर उनकै श्रीमतीसग अनैतिक सम्बन्ध राख्ने गरेको समेत सो पार्टीको आरोप छ । पछिल्लो समय जनसत्ताको नाममा दलाल, भ्रष्टाचारि, ब्यभिचारिलाई तथा भ्रष्ट जनप्रतिनिधिहरुलाई समेत सचेत रहेर जनताको काम गर्न चेतावनी तथा गलत काम गर्नेहरूलाई कार्बाही गर्ने गरेको छ । उनलाई लगाएको आरोपहरु यस्तो छ !!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार