राजनीति
राजनीतिक दलको आवरणमा कुनै शक्ति निर्मला पन्तको हत्यारा जोगाउन आउने सम्भावना रहेको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले खुलासा गरेका छन्।
शनिबार ललितपुरमा ७० औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १० औँ मानवअधिकार राष्ट्रिय महाभेलालाई सम्बोधन गर्दे उपप्रधानममन्त्री पोखरेलले राजनीतिक दलहरु नै हत्याराको संरक्षणमा अघि सर्ने सम्भावना रहेको बताएका हुन्।
सरकारले निर्मलाको हत्यारा पत्ता लगाईसकेको र चाडै नै सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिए। विधिसम्बत ढंगले सार्वजनिक गर्छौ।
उनले निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आएका अधिकारकर्मीलाई हत्यारा सार्वजनिक गर्दा त्यसैको रक्षार्थ सक्रियता नदेखाउन चेतावनी पनि दिए।
सरकारले हत्यारा प्रत्ता लगाइसकेको बताए पनि उनले हत्याराको पहिचान र हत्यारालाई कसले बचाउँ गर्न खोजेको हो भन्नेबारे केही खुलाएनन्।
राष्ट्रिय महाभेलामा उपस्थित अधिकारकर्मीले मानवअधिकारको प्रत्याभूतिमा सरकारका कामकारबाही प्रभावकारी बन्न नसकेको टिप्पणी गरेका थिए।