राजनीति
आश तमु पोखरा – तमु प्ये ल्हु संघ केन्द्रिय समितिको आयोजनामा आगामी पुस १२ देखि १६ सम्म पोखरामा मनाउन गइरहेको “बृहत तमु फो ल्होसार महोत्सव २०७५” लाई भब्य रूपमा सम्पन्न गर्नका लागि विभिन्न क्षेत्र तथा व्यक्ति समाजहरुबाट आर्थिक सहयोग आउने क्रम जारी नै रहेको छ।
यसै क्रममा “बृहत तमु फो ल्होसार महोत्सव २०७५” लाई सफल बनाउन आर्थिक उपसमितिको घुम्ती टोलीलाई आज ढोर फिरफिरे तमु समाज पोखराले रु. १,००,०००/- (अक्षरुपी एक लाख मात्र) आर्थिक सहयोग प्रदान गरेका छन ।
समाजका अध्यक्षले आर्थिक उप समितिका सयोजक कन्चन ल्हेगे तमु लाई सो रकम प्रदान् गर्दै सफलताको शुभकामना समेत दिएको उपसमितिका सदस्य सचिब मिलन क्रोम्छे तमुले बताए।