logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

चाक्सीबारी सेल्टर बाट देउवा विरुद्ध मोर्चाबन्दी


  • राजनीति
  • आइतबार, मंसिर २३ २०७५

काठमाडौं-  सभापति शेरबहादुर देउवासँग असन्तुष्ट समुहले नेता प्रकाशमान सिंहको घरमा छलफल गरेको छ। सिंहको घरमा भेला भएर एउटै धारणा बनाएर अघि बढ्ने प्रयास गरेको हो। यसबीचमा कोइराला समुहका नेताहरू र कृष्णप्रसाद सिटौला समूह पनि रामचन्द्र पौडेलको समु्हसँग नजिक भएको बुझिएको छ। असन्तुष्ट समुहले केही समयअघिदेखि  आउँदो महाधिवेशन र महासमिति बैठकमा एकढिक्का भएर अघि बढ्ने प्रयास स्वरुप बैठक तथा छलफल गरिरहेको छ। आउँदो महाधिवेशनसम्ममा सभापति देउवालाई कमजोर बनाएर आफूहरू अघि बढ्ने प्रयास यो समुहले गरिहेको छ। नेता रामचन्द्र पौडेलले यो समुहको नेतृत्व गरिहेका छन्। बैठकमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवि यादव, केन्द्रीय सदस्यहरु शेखर कोइराला, नवीनद्रराज जोशी, गगन थापा, चन्द्र भण्डारी, अर्जुननर सिंह केसी, प्रकाशमान सिंहलगायत बैठकमा उपस्थित थिए।
 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार