logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

अनेरास्ववियु देखी अखिल (क्रान्तिकारी) सम्म को को अध्यक्ष भए ,को शक्तिशाली रहे ?


  • अखिल बिश्वकर्मा
  • सोमबार, मंसिर २४ २०७५

जयन्तु संस्कृतम् नामक अान्दोलनबाट संगठित नेपाल काे बिधार्थि अान्दाेलन राणा बिरुद्धकाे निकै कठाेर संघर्ष काे सामना गर्दै संगठित रुपमा २००६ मा अखिल नेपाल बिधार्थी फेडरेशन स्थापना गरेको थियो । राणा शासन बिरुद्वकाे उक्त अान्दाेलनमा चिनियामान काजी, र राजाको विरुद्ध दिल बहादुर रम्तेल सहिद हुन पुगे ।
२०१७ काे राजा महेन्द्र काे कु पछि कम्युनिस्ट अान्दोलन मा देखापरेका बैचारिक बिचलनता बिधार्थि फेडरेशनमा पनि देखापरे। त्यसपछि क्रान्तिकारी बिधार्थिहरुकाे पहलमा व्यापक बहस सुरु भयाे र २०२०मा अन्तर कलेज बिधार्थि युनियनका  नाममा संगठित अान्दोलन उठाउने प्रयत्न भयाे ।पन्चायति ब्यबस्थाकाे दवावका बाबजुत २०२१ जेठ उक्त संगठन ले पहिलाे पटक उपत्यका मा बिधार्थि जुलुस निकाल्याे। यसैकाे जगमा २०२२जेठमा अन्तर कलेज बिधार्थि युनियन लाई अनेरास्ववियु नामाकरण गर्दै पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न गर्याे र सुजन खरेलकाे नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गर्याे। विभिन्न संघर्षहरुकाे अग्रभागमा रहेकाे नेपालकाे बिधार्थि अान्दोलन पन्चायति शासन बिरुद्ध पहिलाे पटक २०३७चैत्र २५गते नेपाल बन्द सफल पार्याे। तेस्रो राष्ट्रिय सम्मेलनपछि टुटफुट र बिभाजनकाे सामना गर्दै २०५०काे हेटाैडामा सम्पन्न भेला ले “सार अनुसारकाे रुप”निर्माण गर्न भन्दै संगठनकाे नामका पछाडि “(क्रान्तिकारी)”राख्ने निर्णय गर्याे। माउ पार्टी लाई बिचार र अास्थाले समर्थन गरेका कारण संगठन अातंककारी सुचिमा सुचिकृत हुन पुग्याे र कडा संघर्षका बाबजुत २०६१असार ३ मा अनिश्चितकालीन शैक्षिक अाम हडताल पछि अातंककारी सुचिबाट नाम हटाउन सफल तत्कालीन शाहि शासकहरु झुक्न बाध्य भए। नेपाली वामपन्थी बिद्यार्थी संगठनकाे स्थापना यता काे मिति र अध्यक्ष हरु

२०२२ जेठमा प्रथम राष्ट्रिय सम्मेलन सुजन खरेल (अात्मराम)
२०२५/२/६ दाेश्राे राष्ट्रिय सम्मेलन बिश्वकान्त मैनाली
२०२६पाटनमा तेस्रो राष्ट्रिय सम्मेलन बिन्दमान श्रेष्ठ
२०२९ असार ३मा पाटनमा चाैथाे राष्ट्रिय सम्मेलन मुकुन्द बहादुर  श्रेष्ठ
२०३३ जेठ ९ अयाेध्या भारतमा पाँचौ राष्ट्रिय सम्मेलन निनु चापागाईं
२०३६ चैत्र २१ललितपुर मा छैटौं राष्ट्रिय सम्मेलन  लिलामाणि पाेख्रेल
२०३८ चैत्र १९/२०/२१मा काठमाडौं मा साताै राष्ट्रिय सम्मेलन पुन  लिलामणि पाेख्रेल निर्बाचित
२०४० मा अाठाै राष्ट्रिय सम्मेलन  देव गुरुङ
२०४३ जेठमा नवाै राष्ट्रिय सम्मेलन  गिरीराजमणि पाेख्रेल
२०४४ चैत्र २८/३०ललितपुर मा दशाै राष्ट्रिय सम्मेलन प्रभु नारायण बस्नेत
२०४६ जेठमा एघारौं राष्ट्रिय सम्मेलन देबेन्द्र पाैड्याल
२०४८ मा बैसाख १५ एकताको बाहाैं राष्ट्रिय सम्मेलन  हितमान शाक्य
२०५२ बैसाखमा तेह्रौं राष्ट्रिय सम्मेलन कृष्णध्वज खड्का
२०५६ फागुन १७मा चाैधाैं राष्ट्रिय सम्मेलन प्रकाश खरेल
२०५८ असाेजमा बिराटनगरमा एकताकाे पन्ध्रौं राष्ट्रिय सम्मेलन देबेन्द्र पराजुली
२०६० असारमा साेह्ाै  राष्ट्रिय सम्मेलन लेखनाथ न्याैपाने
२०६३ असाेज २/५किर्तिपुरमा सत्राैं राष्ट्रिय सम्मेलन पुन लेखनाथ न्याैपाने निर्बाचित
२०६७ मंसिर २४/२८सम्म किर्तिपुरमा एकताको अठारौं राष्ट्रिय सम्मेलन हिमाल शर्मा
२०६९ असाेज १६/१९सम्म काठमाडौ मा उन्नाइसौं राष्ट्रिय सम्मेलन शरद रसाइली
२०७२ असाेज १२/१३मा चितवन मा बिसाै राष्ट्रिय सम्मेलन पुर्ण बहदुर  सिह ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार