राजनीति
खाँदबारी नगरपालिका-६ मयम बस्ने ३७ वर्षीया फुलमाया लिम्बु राईलाई अवैध गर्भधारणबाट जन्मेको नवजात शिशु मारेको अभियोगमा आइतबार प्रहरीले पक्राउ गरेको छ।
स्थानीयवासीले राईले शिशु जन्माई मारेर डोकोमा फाल्न लागेको भन्ने प्रहरीमा खबर गरेपश्चात जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले डोकोभित्र राखेको मृत बालिका शिशुसहित उनलाई पक्राउ गरेको हो।
उनका श्रीमानको डेढ वर्ष पहिले मृत्यु भएको खुल्न आएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।