logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

देशलाई हिन्दूराष्ट्र बनाउनु पर्छ भन्दै बोले काङ्रेस महामन्त्री कोईराला


  • राजनीति
  • सोमबार, मंसिर २४ २०७५

चितवन -जनमत संग्रह मार्फत देशलाई हिुन्दूराष्ट्र बनाउनुपर्ने  नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बताएका छन् ।


महामन्त्री डा.कोइरालाले  भरतपुर गणेशधाम निर्माणार्थका आयोजित वृहत धनधान्याचल महायज्ञमा बोल्दै जनमत संग्रह गराएर मात्रै देशलाई हिन्दूराष्ट्र बनाउनुपर्नेमा जोड दिए ।

‘मेरो व्यक्तिगत चाहना भनेको नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, तर बलजफ्ती होइन जनमत संग्रह गराएर घोषणा गर्नुपर्छ ।’ उनले धर्मको बारेमा निर्णय गर्ने अधिकार जनतामा दिनुपर्ने बताए ।

नेता कोइरालाले नेपाली काँग्रेसको अब बस्ने महासमिति बैठकमा पनि हिन्दू धर्मको बारेमा ठूलो बहस हुने बताए । उनले नेपालमा धर्ममा स्वतन्त्रता पनि हुनुपर्ने तर्क गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार