राजनीति
सत्तारुढ दल नेकपा स्थायी कमिटीमा तीन नेताका अलग-अलग समुह कायम रहने हो भने सबैभन्दा बलियो प्रचण्ड हुनेछन् । प्रचण्डसँग आफ्नो पूर्वगुटका कम्तीमा १७ जना स्थायी कमिटी सदस्यहरु छन् ।
नेकपाको स्थायी कमिटीका जम्मा ४९ जना मध्ये पूर्वमाओवादीबाट १९ नेता छन् । नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेललाई नजोड्ने हो भने पनि प्रचण्डको पक्षमा पूर्वमाओवादीका १७ जना देखिन्छन् ।
नेकपा भित्र पूर्वमाओवादी प्रचण्डसँग राम ब थापा वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, हरिबोल गजुरेल, देव गुरुङ,पम्फा भुसाल, चक्रपाणि खनाल, लीलामणि पोखरेल, मणि थापा, मातृका यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल र टोपबहादुर रायमाझी छन।
माधव-झलनाथ-वामदेव गुटमा नारायणकाजीसमेत मिल्दा कम्तिमा १४ नेता हुनेछन् भने ओली पक्षमा १२ जना मात्रै प्रष्ट खुलेका छन् । तटस्थ रहेका नेताले साथ दिँदा पनि ओली र नेपाल पक्षको संख्या बराबरी हुन सक्छ । यो अवस्था कायम रहेमा स्थायी कमिटीमा ओलीको भन्दा प्रचण्डको बहुमत पुग्ने सम्भावना देखिन्छ ।
केपि अाेलि गुटमा इश्वर पाेख्रेल,बिष्णु पाैड्याल,सुवास नेम्वाङ,शंकर पाेख्रेल,प्रदिव ज्ञवालि,पृथ्वीसुब्बा गुरुङ,रघुबिर महासेठ,किरण गुरुङ,सत्यनारायण मण्डल,छबिलाल बिश्वक्रमा र बिष्णु रिमाल छन।भने
माधव झलनाथ गुटमा माधव नेपाल,झलनाथ खनाल,बामदेव गाैतम,भिम रावल,अष्टलक्षमी शाक्य,युवराज ज्ञवाली,रघुजी पन्त,वेदुराम भुसाल,घनश्याम भुसनल,याेगेश भट्टराई,सुरेन्द्र पाण्डे र भिम अाचार्य छन।भने स्थायी समितिका मुकुन्द न्याैपाने र चर्चित नेता पुर्वउर्जा मन्त्री गाेकर्ण बिस्ट तथस्ट छन।