राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको लुम्बिनी ब्युरो अंन्तर्गत गुल्मी जिल्लामा “संगठन सुदृढीकरण तथा बिस्तार अभियान” दोस्रो चरण तिब्रताका साथ संचालन भएको छ । ४ दर्जन भन्दा बढी सदस्य सहित जिल्ला ब्यापी अभियान चलाएको छ ।
जनसंगितमा क्षितिज परिवारको प्रस्तुति सहित अभियान चलेको र जनता आक्रषण बढेको जिल्ला कार्यालयले जानकारी दिएको छ । जिल्ला पार्टी कमिटी इन्चार्ज पूर्णबहादुर सिंह र सेक्रेटरी खिम खड्का लगायत ४५ जनाको टिम टिमवद्ध भएर लागेका छन ।
अभियान उद्धघाटनमा बोल्दै जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंह ‘ प्रविन’ ले सिंहदरबार गाउँमा ल्याउने नारामा दलाल संसदिय ब्यवस्थाका भ्रष्टाचारि र तस्करहरुको एजेन्टहरुलाइ भर्ती गरेको बताएका छन । उनले भने यो लुटतन्त्र बिरुद्ध मेची – महाकाली का आम जनता उठेर बमबार्ड गर्न अपिल गरेकाछन । निकट भविष्यमा जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापना हुने बताउदै एकीकृत जनक्रान्तिमा साथ दिन आव्हान गरेका छन ।