logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

गाउँपालिका अध्यक्ष मध्यरातमा कसले गर्यो सुतेकै बेला कुटपिट


  • राजनीति
  • बुधबार, मंसिर २६ २०७५

रुकुम पश्चिम – बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीमाथि
घरमै सुतिरहेका बेला  मंगलबार राति साढे ८ बजे केही युवाहरुले आक्रमण गरेका हुन् ।ढुङ्गा प्रहार हुँदा अध्यक्ष केसी घाइते हुनुभएको छ ।

कुटपिटपछि अध्यक्ष केसीको टाउकोमा ३ वटा टाँका लगाइएको छ भने अनुहारमा पनि चोट लागेको छ । घटनापश्चात् बाँफिकोट स्वास्थ्य चौकीमा राति नै उपचार गराएर अध्यक्ष केसी घर फर्किनु भएको थियो ।

मदिरा सेवन गरेका युवाहरुले अध्यक्ष केसीको घरबाहिर राखिएका भाँडाकुँडा तोडफोड गरेका थिए । सुतिरहेका अध्यक्षले घर बाहिरै आएर त्यसो नगर्न आग्रह गर्दा उनीमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिइएको डीएसपी खड्काले जनाउनुभयो ।  अत्याधिक मदिरा सेवन गरेका युवाहरुले घरमै बसेका अध्यक्षमाथि बिना कारण कुटपिट गरेको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार