logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सर्वसाधारणलाई जानकी मन्दिर प्रवेशमा रोक,चारै ढोका बन्द


  • राजनीति
  • बुधबार, मंसिर २६ २०७५

जनकपुरधाम –  भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि भन्दै सर्वसाधारणलाई जानकी मन्दिर प्रवेशमा रोक लगाइएको छ। बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएका सर्वसाधरणलाई मन्दिर प्रवेश गर्न नदिइएको हो।

सहजताका साथ  यसअघिका वर्षहरूमा मन्दिर दर्शन तथा पूजापाठ गरेका दर्शनार्थी यसपटक घण्टौँदेखि मन्दिर बाहिर रोकिनुपर्दा हैरान छन् । मन्दिरका चारै ढोका बन्द छन्। सर्वसाधारणलाई बाहिरै रोकिएको हो। अहिले हजारौँको संख्यामा रहेका दर्शनार्थीहरू मन्दिर प्रवेशका लागि घण्टौँदेखि पर्खिरहेका छन्।

प्रहरीले मुख्यमन्त्री आदित्यनाथ दर्शन गरेर फर्केपछिमात्र सर्वसाधारणलाई प्रवेश गर्न दिने हालसम्मको तयारी रहेको  जनाएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार