logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेपाली काङ्रेसमा बहस कता ?समाजवाद कि हिन्दु राष्ट्र !


  • राजनीति
  • बिहिबार, मंसिर २७ २०७५

g]kfnL sfFu|];sf] kl5Nnf] cj:yfaf/] g]sfsf g]tf 8f gf/fo0f v8sfsf] ;+of]hsTjdf g]kfnL sfFu|];sf k"/fgf g]tfx?;Fusf] 5nkmndf ;xefuL x'b} g]sf ;efklt z]/axfb'/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]n dxfdGqL 8f z+;fs sf]O/fnfnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ – आजको नयाँ पत्रिका दैनिकमा कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको समाचार  छापिएको छ ।

केन्द्रीय कार्यसमितिको बुधवारको बैठकमा राजनीतिक प्रस्तावमाथिको छलफलमा
हिन्दूधर्मबारे नेताहरुले  खुलेर तर्क राखेका छन् ।

यो विषयले २८ मंसिरदेखि काठमाडौँमा हुने महासमिति बैठकमा पनि प्रवेश पाउने सम्भावना छ ।

यसअघि महामन्त्री डा. शशांक कोइरालाले सार्वजनिक रुपमै नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने भन्दै जनमतसंग्रह गर्नुपर्ने बताएका थिए ।

देशलाई हिन्दूराष्ट्र बनाउनु पर्छ भन्दै बोले काङ्रेस महामन्त्री कोईराला

चितवन -जनमत संग्रह मार्फत देशलाई हिुन्दूराष्ट्र बनाउनुपर्ने नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बताएका छन् ।

महामन्त्री डा.कोइरालाले भरतपुर गणेशधाम निर्माणार्थका आयोजित वृहत धनधान्याचल महायज्ञमा बोल्दै जनमत संग्रह गराएर मात्रै देशलाई हिन्दूराष्ट्र बनाउनुपर्नेमा जोड दिए ।

‘मेरो व्यक्तिगत चाहना भनेको नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, तर बलजफ्ती होइन जनमत संग्रह गराएर घोषणा गर्नुपर्छ ।’ उनले धर्मको बारेमा निर्णय गर्ने अधिकार जनतामा दिनुपर्ने बताए ।

नेता कोइरालाले नेपाली काँग्रेसको अब बस्ने महासमिति बैठकमा पनि हिन्दू धर्मको बारेमा ठूलो बहस हुने बताए । उनले नेपालमा धर्ममा स्वतन्त्रता पनि हुनुपर्ने तर्क गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार