logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बस र बेहुली चडेको स्कार्पियो जिप एक आपसमा ठोकिदा ६ जनाको मृत्यु


  • राजनीति
  • बिहिबार, मंसिर २७ २०७५

दाङ– बस र बेहुली चडेको स्कार्पियो जिप एक आपसमा ठोकिदा ६ जनाको मृत्यु भएको छ ।

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस र बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कार्पियो जिप ठोक्किएको हो।

मृत्यु हुनेहरुमा बाँकेको राप्ती सोनारीगाउँपालिका ८ शम्शेरगञ्ज बस्ने ५ वर्षीय प्रविण केसी, ५३ वर्षीय मानबहादुर केसी र ४९ वर्षीय विश्वनाथ अधिकारी छन् । उनीहरूको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।

यस्तै सोही गाउँपालिका ८ की ४९ वर्षीया बिमला खत्री, ३१ वर्षीय दीपककुमार खड्का र कोहलपुर नगरपालिका १२ का ७८ वर्षीय दक्तबहादुर खत्रीको लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । मृत्यु हुनेमा दुलाहाका बुवा मानबहादुर केसी, आमा बिमला खत्री र भतिज प्रविन केसी रहेका स्थानीय खेमराज गौतमले बताए ।बेहुली र बेहुला भने अर्काे गाडीमा थिए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार