राजनीति
मुलुकको राजनीतिक परिवर्तनमा छलाङ्ग हान्न सफल १० वर्षे जनयुद्ध एउटा वलशाली ऎतिहासिक परिघटना हो । त्यही जनयुद्ध गरेको नेकपा माओवादी चाहि एकता केन्द्रको आइडी कार्ड च्यातेको ८ महिना नपुग्दै जनयुद्ध थालनी गरेको थियो । ०४८ सालमा एकता केन्द्र बनेको उक्क्त पार्टी ०५२ असार पछि नेकपा (माओवादी) बनेको थियो । एकता केन्द्र बाट माओवादी बन्ने बेला बसेको केन्द्रिय समितिको बैठकमा तत्कालिन महासचिव प्रचण्डले यस्तो प्रस्ताव राखेका थिए ।
बर्गसंघर्ष र अन्तरसंघर्षकाे प्रक्रियामा बिकर्सित र परिमार्जित हुदै अाएकाे पार्टीको राजनीतिक कार्यदिशा तथा पार्टीका नामकाे पछाडि काष्टमा रहेको (एकता केन्द्र)पदावलीका बिचमा अर्थात सार र रुपका बिचमा रहेको अन्तरविराेधकाे स्थितिलाई हल गर्ने,संशाेधनबाद विराेधी संघर्षको महत्त्व अावश्यकता देखि मा.ले.मा.काे बैचारिक सिद्धान्त सर्वहारा अन्तर्राष्ट्रियताबाद,अाजकाे बिश्वमा दक्षिणपन्थी संशोधनवाद विरोधी संघर्ष काे महत्त्व नयाँ स्थितिमा पार्टीको कार्यदिशा कार्यन्यवनका निमित्त नयाँ प्रयासहरु समेत माथि ध्यान दिई अागामी महाअधिवेशनप्रति उत्तरदायी रहनेगरी पार्टीको नामका पछाडि काेष्टमा (माअाेबादी)राख्ने निर्णय गरिएकाे छ।