राजनीति
काठमाडौं–चोलेन्द्रशम्शेर जबराको नाम नेपालको भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका न्यायाधीश सिफारिस भएको छ ।
सर्वोच्च अदालतको २९औं प्रधानन्यायाधीशका लागि बिहीवार बसेको संवैधानिक परिषदको बैठकले न्यायाधीश चोलेन्द्रको नाम सिफारिस गरेको हो।
न्याय परिषद्लेे भावी प्रधानन्यायाधीशका लागि न्यायाधीश जबरा र दीपकराज जोशीको नाम संवैधानिक परिषदमा सिफारिस गरेको थियो ।
जोशी यसअघि २८ औं प्रधानन्यायाधीशका लागि संसदीय समितिबाट अयोग्य ठहर भएकाले संवैधानिक परिषदले जबराको नाम भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।