logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बेट्री पड्केर घर जल्दा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गयो


  • राजनीति
  • शुक्रबार, मंसिर २८ २०७५

दाङ – आगलागी हुँदा तीन जना बालबालिकाको ज्यान गएको छ ।

बंगलाचुली गाउँपालिका ८ गुराँसेका नवराज पुनको घरमा  बिहीबार बेलुकी सोलारको ब्याट्री पड्केर दुई तले काठको घरमा आगलागी हुँदा घरभित्र रहेका पुनका ७ वर्षका छोरा कृष्णबहादुर तथा छोरीहरु ५ वर्षकी अस्मिता र साढे २ वर्षकी अन्जुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

 नवराजकी श्रीमती जीवना १६ महिनाको छोरालाई लिएर बाहिर गएका बेला आगो लागेको छिमेकीले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार